मंगलवार, आश्विन १३ गते २०८३

उरूग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिका २०२४ को फाइनलमा

बिहिवार , आषाढ २८, २०८१

काठमाडौं । कोलम्बिया कोपा अमेरिका २०२४ को फाइनलमा पुगेको छ।

बिहीबार बिहान उरूग्वेविरूद्ध १-० गोलको जित निकाल्दै कोलम्बियाले फाइनलमा स्थान बनाएको हो।

जेफरसन लेर्माले ३९ औं मिनेटमा गोल गर्दै कोलम्बियालाई सुरूवाती अग्रता दिलाएका थिए।

पहिलो हाफको इन्ज्युरी समयमा ड्यानियल म्युनेज दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि कोलम्बिया दोस्रो हाफ अघि नै १० खेलाडीमा सिमित भएको थियो।

दोस्रो हाफमा उरूग्वे हाबी भएपनि गोल गर्न सकेन। ६७ औं मिनेटमा उरूग्वेले लुइज स्वारेजलाई मैदान उतारेको थियो। 

स्वारेजको एक प्रहार क्रस बारमा लागेर फर्किएको थियो।

१० खेलाडीले उरूग्वेलाई गोल गर्नबाट रोक्नका साथै गोलका दुई उत्कृष्ट मौकासमेत सिर्जना गरेको थियो।

दोस्रो हाफमा दुवै टोलीबाट गोल नभएपछि कोलम्बिया फाइनल प्रवेश गरेको हो।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार