काठमाडौं । स्पेनले युरोकपको उपाधि जितेको छ । आइतबार राति सम्पन्न फाइनल खेलमा स्पेनले इङल्याण्डलाई २-१ गोलले पराजित गरेको हो ।
स्पेनको जितमा निको विलियम्स र मिकेल ओयारजाबालले एक एक गोल गरेका थिए । विलियम्सले खेलको ४७औँ मिनेट र मिकेलले ८६औँ मिनेटमा गोल गरेका थिए ।
त्यस्तै इङल्याण्डका लागि एक गोल कोल पाल्मरले खेलको ७३औँ मिनेटमा गोल गरेका थिए ।
योसहित स्पेनले सबैभन्दा बढी चौथो पटक युरो कपको उपाधि जितेको छ ।