काठमाडौं । मैत्रीनगर–२, कलंकीमा रहेको कश्यप एकेडेमीको सहयोगमा शनिबार बृहत रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।
लायन्स एवं लियो क्लब अफ काठमाडौं अग्रणीको आयोजना तथा कश्यप एकेडेमीको सहयोगमा स्कुल परिसरमा मिति:२०८१ श्रावण १२ गते शनिबार बिहान १०:३० बजे देखि रक्तदान कार्यक्रम हुन लागेको हो ।
निश्चित अवधिपछि मानव शरिरमा रहेको रक्त कोषहरु आफै मरेर जाने त्यस्तो रगत दान गर्दा कसैको जिबन बचाउने सकिने भएकोले रक्तदानको जनचेतना अभिबृद्धी गर्न रक्त अभावलाई केहि हदसम्म समाधान गर्न कार्यक्रम आयोजना गरिएको विद्यालयका संस्थापक प्राचार्य एवं क्लबका पुर्ब अध्यक्ष आर.बि अधिकारीले बताएका छन् ।
कार्यक्रममा सहभागी भई रक्तदान गरि कार्यक्रमलाई भब्यताका साथ सफलपार्न शिक्षक, कर्मचारी, अभिभावक एवं समग्र शुभेच्छुक महानुभावहरुमा सबैलाई संस्थापक प्राचार्य अधिकारीले अनुरोध गरेका छन।
कश्यप एकेडेमीले छोटो समयमा गुणस्तरीय शिक्षा प्रदान गरी समाजका लागी पनी योग, ध्यान कार्यक्रम, विभिन्न सचेतना मूलक कार्यक्रम, रक्तदान कार्यक्रम एवं निशुल्क स्वस्थ्य शिविर जस्ता कार्यक्रम हरु संचालन गरी सामाजिक उत्तरदायी संस्थाको रूपमा आफूलाई स्थापित गारिसकेको छ।