काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमको सरुवा रोकेका छन् । प्रधमनमन्त्रीले प्रमुख गौतमसहित चार जनाको जिम्मेवारी हेरफेर गर्ने राज्यमन्त्रीस्तरीय निर्णय स्थगित गरेका हुन् ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले डा. गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली सरुवा गरेका थिए भने युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाएका थिए । यस्तै स्वास्थ्य समन्वय महाशाखामा डा. विवेकलाल कर्ण र सार्क क्षयरोग केन्द्रमा डा. रिता भण्डारीलाई पठाएका थिए ।
तर प्रधानमन्त्री देउवाले राज्यमन्त्रीले निर्णय गर्न नमिल्ने भन्दै कार्यान्वयनमा रोक लगाएका छन् । प्रधानमन्त्री कार्यालयबाट निर्णय कार्यान्वयन नगर्न निर्देशन आएको जनाइएको छ ।
कोभिड केन्द्रिय अस्पतालमा जागेश्वर गौतम प्रमुख भएर आएपछि अििनयमितता भढेको तथा जोखिम भत्ता नपाएको भन्दै अस्पतालका स्वास्थ्यकर्मी, चिकित्सक तथाकर्मचारी विरोध प्रर्दशन गरेका थिए ।