काठमाडौं । भारतको नयाँदिल्लीमा अस्पतालले दिएको औषधि सेवनबाट दुई नेपाली बालबालिकाको मृत्यु भएको छ । दिल्लीको सालिमारबाग क्षेत्रमा रहेको एक मेडिकलले दिएको औषधि सेवन गरेपछि दिदीभाइको मृत्यु भएको अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सचिव आरबी खड्काले जानकारी दिए ।
बाजुराको बुढीगंगा नगरपालिका घर भएका मनबहादुरका ६ वर्षीया छोरी र तीन वर्षीय छोराको आइतबार राति मृत्यु भएको समाचारमा जनाइएको छ । घट्नापछि मेडिकल संचालक फरार छन् ।
दिदीभाइ बिरामी भएपछि उपचारका लागि मेडिकलमा लगिएको थियो, मेडिकलले दिएको औषधि सेवन गरेपछि उनीहरुको मृत्यु भएको हो’ खड्काले भने,‘दिदीभाइको मृत्यु भएपछि मेडिकलविरुद्ध दिल्ली प्रहरीमा उजुरी दर्ता भएको छ।’
प्रहरीले मेडिकल नियन्त्रणमा लिएको जनाइएको छ । बालबालिकाको मृत्यु औषधि सेवनकै कारणले भएको हो या अन्य कारणले हो भन्ने बारे शव परीक्षण भइरहेको जनाइएको छ ।