मंगलवार, आश्विन १३ गते २०८३

माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

सोमवार , श्रावण २१, २०८१

काठमाडौं ।  नेपालको राष्ट्रिय महिला भलिबल टोलीले माल्दिभ्सलाई पराजित गरेको छ। 

काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत सोमबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३-० सेटले पराजित गरेको हो। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको खेलमा नेपालले माल्दिभ्सलाई २५-८, २५-१९, २५-१८ ले हराएको हो। 

लिग चरणको समाप्तिसँगै अब मंगलबार सेमिफाइनलको खेल हुने छ। सेमिफाइनलमा नेपाल र इरान तथा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुने छ। 


 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार