मंगलवार, आश्विन १३ गते २०८३

प्रधानमन्त्री ओली नेपाल–भारत बीचको फाइनल खेल हेर्न जाने

बुधवार , श्रावण २३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज काभा वुमन्स नेसन्स भलिबलको फाइनल खेल हेर्न जाने भएका छन् ।

प्रतियोगिता अन्तर्गत आज नेपाल र भारत बिच हुने फाइनल खेलको समापन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने उहाँको सचिवालयले जनाएको छ ।

नेपाल र भारतको फाइनल खेल दशरथ रंगशाला कभर्डहलमा बुधवार साँझ पाँच बजे सुरु हुनेछ ।

घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई मंगलबार ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा भारतसँग खेल्दै छ ।

यस अघि समूह चरणको खेलमा नेपालले भारतलाई हराएको थियो । आजको फाइनल खेल निक्कै रोमाञ्चक हुँदै छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार