बिहिवार, आश्विन २९ गते २०८३

माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दै

शुक्रवार , श्रावण २५, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दैछ । बैठक आज अपराह्न चार बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ ।

स्थायी समिति बैठक अघि बिहान ११ बजे कार्यालय बैठक बोलाइएको छ । उक्त बैठकले स्थायी समितिका बैठकका एजेण्डा तय गर्ने छ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, विगतको समीक्षा र आगामी कार्ययोजनाबारे लगायतका एजेण्डामा छलफल हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार