बिहिवार, आश्विन २९ गते २०८३

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

शुक्रवार , श्रावण २५, २०८१

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ ।

बैठकमा नेपालका बाल सुधार गृहमा रहेका बालबालिका र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदनमाथि छलफल हुनेछ । 

त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ । बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामा छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलश्रोत विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग दफावार छलफल हुने कार्यसूची रहेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार