बिहिवार, आश्विन २९ गते २०८३

एमालेका पूर्वमन्त्री राजभण्डारी सहित ११ जना हाइप्रोफाइल जुवाडे पक्राउ

आइतवार , श्रावण २७, २०८१

काठमाडौँ ।  गौरीघाटबाट कोशी प्रदेशका एमालेका पूर्वमन्त्री बुद्धि कुमार राजभण्डारीसहित ११ जनालाई प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा एमाले प्रदेश सांसद तथा कोशी प्रदेशका पूर्वमन्त्री बुद्धि कुमार राजभण्डारी, सोलुखुम्बुको सोताङ गाउँपालिकाका पूर्वअध्यक्ष बिर बहादुर राई कलाकार पुरुषोत्तम शर्मासहित ११ जना रहेका छन् ।

प्रहरीका अनुसार, काभ्रेको बनेपा नगरपालिका–१२ का ४१ वर्षीय राजु महतको गौरीघाटस्थित कोठामा उनीहरू जुवातास खेलिरहेका थिए । राजुसहित ११ जनालाई शनिबार साँझ पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनिहरुबाट नगद एक लाख ७० हजार रुपैयाँ र १६ बुक ताससहित पक्राउ गरिएको छ भने उनीहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । शर्मा टेलिसिरियल ‘सक्किगो निँ’ का कलाकार समेत हुन् । उनिहरुसँगै पक्राउ पर्नेहरुमा उत्तम कुमार राई, अनिश तामाङ, ठुला तामाङ, दिपक खड्का, भिम बहादुर साम्बाहाम्फे, रवि श्रेष्ठ, राजु महत र माधव थापा रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार