बिहिवार, आश्विन २९ गते २०८३

आज नेकपा एसको केन्द्रीय कमिटी बैठक बस्दै

आइतवार , भाद्र ९, २०८१

काठमाडौं । पदाधिकारी चयनका लागि नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

आज बिहान ११२ बजेबाट सुरु हुने बैठकले पार्टीमा रिक्त रहेका पदाधिकारीलाई पूर्णता दिनेछ ।

अर्पण बैंकेटमा बस्ने बैठकले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित रिक्त रहेका १८ पदाधिकारी चयन गर्ने बताइएको छ ।

पार्टीमा ३४४ सदस्यीय केन्द्रीय रहेकामा २५१ केन्द्रीय सदस्यको शपथ ग्रहण गर्न बाँकी रहेकाले सो बैठकमा उनीहरूलाई शपथ गराएर जिम्मेवारी तोकिनेछ । केही नेताहरूको जिम्मेवारी हेरफेर गरिनेछ ।

पदाधिकारीका आकांक्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रीय कमिटीको पूर्ण बैठकले पदाधिकारी चयन गर्न मापदण्ड बनाउन लागिएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार