आइतवार, कार्तिक ९ गते २०८३

भिडभाडजन्य गतिविधि गरे कडा कारवाही गर्ने काठमाडौं प्रशासनको चेतावनी

मंगलवार , श्रावण १९, २०७८

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुसजस्ता भिडभाडजन्य गतिविधी गरे कडा कारवाही गर्ने चेतावनी दिएको छ । कोभिड संक्रमणको जोखिम बढीरहेका बेला भिडभाडजन्य गतिविधीमा रोक लगाइएको भएपनि विभिन्न जुलुस, तथा प्रदर्शन हुँदै आइरहेको छ ।

काठमाडौं प्रशासनले केही दिनदेखि काठमाडौं उपत्यका लगायतका जिल्लामा कोरोना संक्रमण दर बढ्दै गएको भन्दै मंगलबार सूचना जारी गर्दै सम्बन्धित सबैमा यस्ता गतिविधीमा संलग्न नहुन अपिल गरेको छ ।

कोरोना संक्रमण दर उच्च हुँदै गएको र अस्पतालहरुमा भेन्टिलेटर, आइसियु र आकस्मिक सेवाका बेडहरुमा बिरामीको चाप बढ्दै गएको अवस्थामा कोरोना संक्रमणको दर घटाउनुमा सबै पक्ष र समुदायको उत्तिकै भूमिका र जिम्मेवारी रहने पनि काठमाडौं जिल्ला प्रशासनले सूचनामार्फत प्रस्ट पारेको छ ।

जारी निषेधाज्ञा र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे÷गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारवाही हुने चेतावनी पनि सूचनामा दिइएको छ । तर यसअघी भएका राजनितिक प्रदर्शनका बेला भने प्रशासन पनि मौन रहेको थियो । सर्वसाधारणले भने राजनैतिक रुपमा हुने प्रदर्शन, सभा सम्मेलन रोक्न प्रशासनले उदासिनता देखाउने गरेको आरोप लगाँउदै आएका छन् । 

kathmandu-notice.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार