काठमाडौं । दल मर्दन कामी नेतृत्वको संयुक्त नागरिक पार्टी र भरत गिरी नेतृत्वको आमूल परिवर्तन रिपब्लिकन पार्टीबीच एकता घोषणा भएको छ । यी दुबै पार्टीबीच एकता भएर आमुल परिवर्तन नागरिक पार्टी घोषणा भएको हो ।
पार्टी एकतापछि विगतमा भएका कमी कमजोरीलाई सच्याउँदै मुलुकको परिस्थतिलाई मध्यनजर राख्दै मिसन ८४ लक्षित योजना बनाई अघि बढ्ने बताइएको छ । अहिले पार्टीको अध्यक्षमा दुबै जना कायम रहेका छन् ।
उनीहरुले ठूला भनिएका पार्टीहरूबाट गणतन्त्रको उपहास गर्दै मुलुकलाई भडखालोमा हाल्ने काम भइरहेको र यसको विकल्पमा पार्टी एकीकरण गरिएको बताएका छन् ।