काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्यादको विरोध गरेका छन् । उनले हदम्याद सहितको आएको विधेयक के को लागि ल्याइएको भन्दै विरोध गरे ।
बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो विधेयक के का लागि ल्याइएको भन्दै प्रश्न गरे । ‘लोकतन्त्रको निम्ति सुशासन सामाजिक न्याय वा विकास निम्ति ल्याइएको हो भन्दा केवल भ्रष्टाचारबाट उन्मुक्ति दिने त्यसलाई प्रोत्साहन दिन रु,’ उनले भने ।
उनले वर्तमान गठबन्धनको सरकार सुशासन‚दण्ड विहीनता र भ्रष्टाचार विरोधी छ भने तत्काल विधेयक फिर्ता लिनुपर्ने बताए । ‘सक्दैन भने यो सदनलाई विवेकको मत दिने व्यवस्था प्रारम्भ गरियोस्‚’ उनले भने ।
उनले देशमा भ्रष्टाचारलाई संरक्षण गर्ने प्रवृत्ति उन्मुलन गर्ने हो भने सदनमा अहिलेसम्म चर्चित भ्रष्टाचार काण्डहरूको छानबिन गर्न प्रधानन्यायाधीशको नेतृत्वमा न्यायिक आयोग गठन हुनुपर्ने बताए । उनले तत्काल साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्न गठबन्धनका नेताहरूसँग माग समेत गरे ।