बिहिवार, आश्विन २९ गते २०८३

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

आइतवार , भाद्र १६, २०८१

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बीपीनगर सानेपामा बस्ने बैठकले सबै प्रस्ताव सर्वसम्मत रुपले पारित गर्ने तयारी रहेको छ ।

प्रस्तावमा मस्यौदा गर्ने काम भने जारी रहेको छ । यसअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तावले बैठक रोकिएको थियो ।

केन्द्रीय समितिमा प्रस्तुत गरिने मस्यौदालाई अन्तिम रूप दिन आइतबार दिउँसो १ बजे फेरि पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बस्ने जनाइएको छ । गत माघमा ललितपुरमा सम्पन्न महासमिति बैठकमा प्रस्तुत भएका प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने जिम्मेवारी पार्टी केन्द्रीय समितिलाई दिइएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार