बिहिवार, आश्विन २९ गते २०८३

अर्थमन्त्री पौडेल भन्छन् - निजी क्षेत्रले अब गुनासो गर्न छाड्नुपर्छ

आइतवार , भाद्र १६, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्र गुनासोबाट बाहिर निस्किनुपर्ने बताएका छन्।

आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले सरकारले नसुन्ने र निजी क्षेत्रका समस्या सम्बोधन गर्नका निम्ति नभए मात्रै गुनासो गर्नु ठीक हुने बताएका हुन्।

अहिलेको सरकार निजी क्षेत्रका समस्या सुन्न, समाधान गर्न तयार रहेकाले गुनासो आवश्यक नरहेको मन्त्री पौडेलले बताए।

‘अहिलेको सरकार सुन्न मात्रै होइन, समाधान गर्न तयार छ । निजी क्षेत्रका समस्या सुनेर समाधान गर्नका निम्ति सरकार तयार छ भन्नेकुरा हाम्रा पछिल्ला अभ्यासले पनि प्रमाणित गरेको छ । त्यसैले गुनासो गर्ने होइन, समाधान खोज्नुपर्छ । निजी क्षेत्रलाई गुनासोको तहबाट बाहिर निस्किएर लगानी, उत्पादन, रोजगारीको क्षेत्रमा योगदान दिनका उत्प्रेरित गर्नुपर्छ,’ उनले भने।

सरकारले सुनेको नपुगेको अझै उचाईबाट सम्बोधन गर्न तयार रहेको पनि मन्त्री पौडेलले बताए।

‘जहाँसम्म संसदमा विचाराधिन कानूनको कुरा छ, निजी क्षेत्रका साथीहरुले छलफलमा भाग लिन चाहनुभएको छ, उहाँहरुका सुझाव स-शरीर उपस्थित भएर हामीले सुनौँ र त्यसमा उहाँहरुका सुझाव ग्रहण गरेर निर्माणाधीन कानून पूरा गरौं भन्ने प्रस्ताव म अर्थ समितिको सभापतिज्युलाई पनि राख्नेछु,’ उनले भने।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार