आइतवार, कार्तिक ९ गते २०८३

केन्द्रिय कोभिड युनिफाइड अस्पतालको प्रमुखमा डा. भुपेन्द्र बस्नेत नियुक्त 

मंगलवार , श्रावण १९, २०७८

काठमाडौं । कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा  डा. भुपेन्द्र बस्नेतलाई नियुक्त गरिएको छ । यसअघीका कार्यकारी अधिकारी जागेश्वर गौतमलाई थापाथलीमा रहेको प्रसूति तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ ।

सोमबार राज्यमन्त्रीस्तरिय निर्णय गर्दै  डा. गौतमलाई हटाएर उनको ठाउँमा डा रुद्र मरासिनीलाई ल्याइएको थियो । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गरेको सरुवालाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले प्रमुख जागेश्वर गौतमलाई हटाएर बस्नेतलाई नियुक्त गरेको पुष्टी गरे । यस्तै, स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी दिच्छालाई ल्याउने तयारी भइरहेको बताइएको छ । दिच्छा हाल कान्ति बाल अस्पतालको निर्देशकका रूपमा कार्यरत छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार