शनिवार, आश्विन २४ गते २०८३

माधव नेपालद्वारा आफू पक्षीय केन्द्रीय समिति बैठक आव्हान

मंगलवार , श्रावण १९, २०७८

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफुपक्षीय केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् । केन्द्रीय समिति बैठकमा विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न भोली बुधबार ११ बजेका लागी बैठक बोलाइएको छ । 

नेता नेपालले सोमबार मात्रै आफू पक्षीय स्थायी समिति बैठक बोलाएर पार्टी एकता र पछिल्लो राजनीतिक घटनाबारे धारण सुनेका थिए । त्यसक्रममा नेता नेपालले आफु पार्टी एकताको विपक्षमा नरहेको भन्दै सम्मानजनक एकता नै अहिलेको आवश्यक्ता रहेको बताएका थिए । स्थायी समिति बैठकले पार्टी एकता विरोधी गतिविधि र अभिव्यक्ति समेत नदिने निर्णय गरेको थियो । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार