बिहिवार, आश्विन २९ गते २०८३

नृत्य निर्देशक तथा मोडेल बेद बहादुर बुढाथोकी इण्डो-नेपाल अन्तर्राष्ट्रिय अवार्ड-२०२४ बाट सम्मानित

शुक्रवार , भाद्र २१, २०८१

काठमाडौं । शिव कैलाश कला मन्दिर काठमाडौं नेपाल र श्री जानकि माता कोलकाताको संयुक्त आयोजनामा भारत, सिक्किम तथा नेपालबाट छनोट भयका उत्कृष्ट व्यक्तित्वहरुलाई अवार्ड दिनुका साथै सामजिक क्षेत्रमा योगदान दिनुहुने  महानुभावहरुलाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि कोलकाताका लागि नेपाली नायब महाबाणिज्यदुत जनकराज भट्ट, विशिष्ट अतिथिका रूपमा वरिष्ठ अभिनेत्री बिपना थापा साथै कोलकाताका विभिन्न नेपाली संघ संस्थाका व्यक्तित्व तिज महोत्सव तथा अवार्ड कार्यक्रममा स्वास्थ्य, शिक्षा, साहित्य, चलचित्र, संगीत, नृत्य, सामाजिक लगायतका विधाहरुलाइ समेटिएको थियो ।

download (1).jfif

अवार्ड  ग्रहण गर्नुहुने मघ्ये टोखा निवासी नृत्य निर्देशक, कलाकार तथा मोडेल बेद बहादुर बुढाथोकी (रोशन) रहनुभएको छ। उहाँको जन्म ओखलढुंगा जिल्ला खिजीदेम्बा गाउँपालिका वडा नंः २ मा भएको थियो । उहाले सानै उमेरदेखि यस क्षेत्रमा योगदान दिदै आउनु भएको छ । उहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा सहभागी भई थुप्रै सम्मान तथा अवार्ड प्राप्त गर्नु भएको छ र दर्जनौ  नेपाली लोक, आधुनिक गीतहरुमा मोड्लिङ गरिसक्नुभएको बुढाथोकीले धेरै गीतहरुको भिडियो निर्माण गरि निर्देशन समेत गर्नुभएको छ ।

विभिन्न देश बिदेशमा गएर स्टेज कार्यक्रमहरुमा आफ्नो नृत्य प्रस्तुती दिनुभएको बुढाथोकी चलचित्र नृत्य संघ, लोक दोहोरी प्रतिस्ठान लगायतका संघ सस्थामा आबद्ध हुनुहुन्छ । यस्तै काठमाडौका विभिन्न विद्यालयहरूमा नृत्य शिक्षकको रूपमा कार्यरत हुनुहुन्छ । आगमी दिनहरूमा पनि यसै क्षेत्रमा निरन्तरता दिने उहाँको सोच रहेको बताउनु भएको छ । उहाँको उज्वल भविष्यको कामना गर्दछौं ।

download (2).jfif

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार