बिहिवार, आश्विन २९ गते २०८३

कांग्रेसले माग्यो उपसभामुखको राजीनामा

बुधवार , भाद्र २६, २०८१

काठमाडौं । नेपाली काङ्ग्रेसको पदाधिकारी बैठकले उपसभामुख इन्दिरा राना मगरको राजीनामा माग गरेको छ । 

बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले उपसभामुखले गरेको कामले संसद र मुलुकको शिर झुकाएको भन्दै राजीनामा दिनुपर्ने धारणा राखेको पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिएका छन् ।

उनले भने, ‘काङ्ग्रेसको आधिकारिक धारणा भनेको उपसभामुखले आफैंले बुझेर राजीनामा दिनु राम्रो हुन्छ । उहाँमाथि गम्भीर प्रश्न उठेको छ । यो चानचुने कुरा  होईन । अर्को देशको राजदूतावाससँगको सम्बन्धका विषयलाई लिएर उहाँले गर्नै नहुने काम उपसभामुखले कुनै पनि हालतमा लेखेर कुटनैतिक योगलाई त्यस्तो खालको सिफारिस गर्नै मिल्दैन। यो कामले संसदलाई नै अपमानित गरेको छ भन्ने हाम्रो भनाई छ । यो विषय गम्भीर छ, यसले मुलुकको शिर पनि झुकाएको छ । भन्ने काङ्ग्रेसको भनाई छ ।’

उनले संसदको उपसभामुख जस्तो पदमा बसेर अनुचित काम गरेर कुरामा दुविधा नरहेको भन्दै यसबारेमा छलफल भएको बताए ।

यसबारेमा कसरी जाने भन्ने कुरामा सत्तारुढ दलहरुबीच पनि छलफल गरेर साझा धारणा बनाएर अगाडि बढ्ने पनि उनको भनाई छ ।

साथै, उनले बैठकमा पार्टीभित्र कै भातृ संस्थाका निर्देशक समितिहरु बनाउने र अन्य पार्टीका आन्तरिक विषयहरुको बारेमा छलफल भएको पनि बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार