बिहिवार, आश्विन २९ गते २०८३

एमालेको सचिवालय बैठक आज बस्दै

शुक्रवार , भाद्र २८, २०८१

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठक मध्याह्न १२ः३० बजेका लागि बोलाइएको छ ।

बैठकमा वार्षिक कार्ययोजनाबारे छलफल हुने कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।

भदौ १८ र १९ गते बसेको पोलिट्ब्युरो बैठकले वार्षिक कार्ययोजनाबारे सुझाव दिएको थियो । आएका सुझावहरू समेटेर कार्ययोजनाको अन्तिम टुंगो लगाउने जिम्मा पार्टी सचिवालयलाई दिइएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार