बिहिवार, आश्विन २९ गते २०८३

प्रधानमन्त्री ओलीले भने - उपसभामुखलाई हटाउने सम्बन्धमा कुनै छलफल भएको छैन

सोमवार , भाद्र ३१, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख हटाउने विषयमा कुनै छलफल नभको बताएका छन् । संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन जानुअघि सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले जानकारी दिएका हुन् । 

भदौ २४ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा उपसभामुख इन्दिरा रानालाई हटाउनेबारे छलफल भएको सूचना बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०ले आपत्ति जनाएको थियो । सोहीबारे संसद्लाई जानकारी दिँदै उनले अनावश्यक कुरा नउचाल्न आग्रह गरे ।

‘प्रस्तावै नगरको विषयमा कसरी छलफल भयो रु संसदमा छलफल गरेको विषयमा पनि होइन । कसैले कुरा गरेको भनेको विषयमा उत्पातै मच्चाए । संसदमा के भएछ भनेर सोध्न पनि नहुने रु जातियता, लिंग वर्गको कुरा उछालेका छन् । यस्ता अनावश्यक कुरा नउचाल्न म माननीयजूलाई आग्रह गर्दछु’, उनले भने । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार