बिहिवार, आश्विन २९ गते २०८३

प्रधानमन्त्री ओली भन्छन् - नेपालको शिर निहुरिने कुनै काम गर्दिन

सोमवार , भाद्र ३१, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शिर ढल्नेगरी र इज्जत तल झर्नेगरी कुनै काम नगर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा संयुक्त राष्ट्र संघको महासभा बैठक र त्यहाँ हुने छलफलबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा आफूले नेपालको इज्जत तल झर्ने र नेपालको शिर निहुरिने कुनैपनि काम नगर्ने प्रतिबद्धता जनाएका हुन् । 

‘म नेपालको शिर ढल्नेगरी,नेपालको इज्जत तल पर्नेगरी, नेपालको कुनैपनि हिसाबले प्रभाव, प्रतिष्ठा, सरोकार तल नपर्नेगरी काम गर्दिन’, प्रधानमन्त्रीको भनाइ छ । उनले आफूहरूले गर्ने राजनीति देश र जनताका लागि भएको भन्दै भोलिका लागि केही नगर्ने हो भने धर्ती बाँझो हुने बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार