बिहिवार, आश्विन २९ गते २०८३

सांसद खनालले भने - रवि लामिछानेले सहकारीबाट एक रूपैयाँ पनि ननिकालेको पुष्टि भइसक्यो

मंगलवार , आश्विन १, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले सरकारी सबै संयन्त्रको प्रयोग गर्दा पनि रवि लामिछानेको सहकारीको रकम अपचलनमा कुनै भूमिका नदेखिएको बताएका छन् ।

छानबिन समितिका सदस्यसमेत रहेका खनालले राष्ट्रिय भेलालाई सम्बोधन गर्दै लामिछानेले सहकारीबाट एक रूपैयाँ पनि नल्याएको जिकिर गरे ।

उनले भने, ‘भएको प्रयोग गर्न मिल्ने संयन्त्र प्रयोग गरेर सूचनाहरू संकलन गरिए । व्यापक संयन्त्र परिचालन गर्दा पनि रवि लामिछानेले सहकारीबाट प्रत्यक्ष रुपमा एक रूपैयाँ पनि नलगेको ऋण पनि नलिएको, कतै हस्ताक्षर पनि नगरेको स्पष्ट भएपछि समितिले सहकारीको रकम अपचलनमा कुनै भूमिका छैन भनेर प्रतिवेदन बुझाएको छ ।’ 

सहकारी ठग भन्ने आरोपलाई कसैले पनि पुष्टि गर्ने आधार समितिले नपाएको खनालले बताए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार