बिहिवार, आश्विन २९ गते २०८३

महामन्त्री शर्मा भन्छन् - संविधान संशोधनका बेला प्रधानमन्त्री ५ वर्ष टिक्ने विधि खोज्नैपर्छ

बुधवार , आश्विन २, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पाँच वर्ष टिक्ने विधि संविधान संशोधनका बेला खोजिनुपर्ने बताएका छन्।

कांग्रेस र एमालेबीच गत असार १७ गते भएको ७ बुँदे सहमतिमा संविधान संशोधनका विषय पनि उल्लेख छन्। तर उक्त सहमतिमा समानुपातिकलाई राष्ट्रिय सभामा लैजाने भन्ने कुनै समझदारी कांग्रेस र एमालेबीच नभएको शर्माले बताए।

न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा महामन्त्री शर्माले भनेका छन्, ‘संविधान संशोधन गर्दै गर्दा मेरो सबैभन्दा जोड केमा हुनेवाला छ भने- कसरी यो देशको प्रधानमन्त्री लगातार पाँच वर्ष टिकाउन सकिन्छ, विधि खोज्न सक्छौं। ’संविधान संशोधन गर्दा स्थिर सरकारको परिकल्पना भने गरिनुपर्ने उनले बताए। ‘संविधान संशोधन गर्दै गर्दा स्थिर सरकारको परिकल्पना बनाउने गरी जानुपर्छ। त्यसमा संरचनागत केही हेरफेर जरुरी छन्। तर समग्रतामा यो प्रणालीले नै त्यसको दोष बोक्नुपर्छ भन्ने कुराचाहिँ होइन,’ शर्माले भने।

उनले प्रतिनिधि सभा प्रतिनिधित्व भएको सभा भएकोले समानुपातिकको सहभागिता प्रतिनिधि सभामै रहने बताए।‘मन्त्रिपरिषद, प्रतिनिधि सभा, प्रदेश संसद, प्रदेश सरकारको आकार घटाउन सकिन्छ,’ उनले भने, ‘निर्वाचन प्रणाली अस्थिरताको दोषी हो भने यो निर्वाचन प्रणाली अपनाएको १० वर्ष पुग्दैछ। त्यसभन्दा अघि ६० वर्ष त यो प्रणाली थिएन तर त्यसबेला पनि स्थिर सरकार त थिएन। बलियो प्रधानमन्त्री लगातार ५ वर्ष कोही हुनु भएन।’थ्रेस होल्ड बढाउने पक्षमा कांग्रेस हो भन्ने प्रश्नमा जबाफ दिएका उनले संविधान संशोधन गर्ने बेलामा यसबारेमा छलफल हुने बताए।

‘थ्रेसहोल्ड १० प्रतिशत पुर्‍याउँदैछन् भन्ने भय राख्ने हो भने संविधान संशोधन पारित हुन्छ त? साना दलहरूको पनि सहभागीतामा संविधान संशोधन गर्ने हो नि त,’ उनले भने, ‘साना दलहरूलाई पनि विश्वासमा लिएर जानुपर्छ। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार