बिहिवार, आश्विन २९ गते २०८३

राति नै अस्पताल भर्ना भए दुर्गा प्रसाईं

सोमवार , आश्विन ७, २०८१

काठमाडौं । साइबर अपराध गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन् । उनी आइतबार साँझदेखि वीर अस्पतालमा राखिएको साइबर ब्युरो प्रमुख नविन्द अर्यालले जानकारी दिए ।

‘चिकित्सकको सिफारिसका आधारमा उहाँलाई अस्पताल राखिएको हो’, उनले भने । काठमाडौं जिल्ला अदालतले प्रसाईँलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । प्रसाईँ पक्राउ परेलगत्तै प्रहरीले उनलाई अदालत उपस्थित गराएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार