आइतवार, कार्तिक ९ गते २०८३

बैंकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुन दबाब नदिन अन्तरिम आदेश

मंगलवार , श्रावण १९, २०७८

काठमाडौं । सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा कोषमा आवद्ध हुनको लागी दवाब नदिन अन्तरिम आदेश दिएको छ । बैंकका कर्मचारीले दिएको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले बैंक तथा वित्तिय संस्था स्वेच्छाले आवद्ध भएकामा बाहेक सामाजिक सुरक्षा कोषमा आवद्ध हुन दबाब नदिन अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीश अनिलकुमार सिन्हा, कुमार चुडाल र नहकुल सुवेदीको इजलासले दिएको आदेशमा बैंक तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने सम्बन्धमा भएका सबै कामकारबाही यथास्थितिमा राख्न भनिएको छ । सर्वोच्चले यो रिटलाई ४५ दिनभित्र सुनुवाइका लागि पेश गर्न पनि आदेश दिएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार