बिहिवार, आश्विन २९ गते २०८३

परराष्ट्रमन्त्री राणा र स्पेनका प्रधानमन्त्रीबीच भेटवार्ता

बिहिवार , आश्विन १०, २०८१

काठमाडौँ ।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेट गरेकी छिन् । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा उनीहरुबीच भेटवार्ता भएको हो ।

त्यस अवसरमा उनीहरुबीच नेपाल र स्पेनबीच आपसी सम्बन्ध थप मजबुत बनाउनेलगायत विषयमा छलफल भएको राणाले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।

नेपाल र स्पेनबीच सन् १९६८ को मे १३ तारिखमा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार