बिहिवार, आश्विन २९ गते २०८३

प्रधानमन्त्री ओली र बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसबीच भेटवार्ता

बिहिवार , आश्विन १०, २०८१

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसबीच भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन अमेरिका पुगेका ओली र युनुसबीच भेटवार्ता भएको हो।

प्रधानमन्त्री ओलीको सचिवालयले दिएको जानकारीअनुसार भेटवार्तामा उनीहरूबीच नेपाल-बंगलादेश आपसी सम्बन्ध, ऊर्जा तथा पारवहन सहयोग लगायतका विभिन्न विषयहरूमा कुराकानी भएको छ।

बंगलादेशमा शेख हसिनाको बहिर्गमनपछि युनुस अन्तरिम सरकार प्रमुख बनेका थिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार