बिहिवार, आश्विन २९ गते २०८३

प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न प्रधानमन्त्री ओलीको आग्रह

शुक्रवार , आश्विन ११, २०८१

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले सयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाअन्तर्गत ‘एन्टिमाइक्रोबायल रेसिस्टेन्स’ (एएमआर)सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले सन्तुलित भोजन र स्वच्छ वातावरणसहितको प्राकृतिक स्वास्थ्य हेरचाहको सोचले सङ्क्रमणबाट बचाउने र ‘एन्टिमाइक्रोबायल रेसिस्टेन्स’ घटाउने बताए ।

उनले नयाँ एन्टिबोयटिक्स, वैकल्पिक उपचार र नवप्रवर्तनात्मक समाधानका लागि बलियो अन्तर्राष्ट्रिय सहकार्य आवश्यक भएको र स्वास्थ्य पूर्वाधार, विकास र अनुसन्धानमा पर्याप्त लगानी गर्नुपर्नेमा पनि जोड दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार