काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले काम गर्न नसक्नेहरू पदमा बस्नु उचित नभएको बताएका छन्।
पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले काम गर्न नसके आफू पनि मन्त्री पदमा नबस्ने बताए।
उनले भने, ‘हामी जोजो जुन जुन ठाउँमा छौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको हैसियतले मैले काम गर्न सक्दिन भने मलाई यो मन्त्री पदमा बस्ने छुट छैन। कोही पनि निकायको प्रमुख यदि काम गर्न सक्दैन भने त्यसले त्यो निकायमा बस्ने छुट राख्दैन। त्यसका लागि कानून हेरिरहनु पर्दैन, त्यसका लागि कुनै व्यवस्था हेर्नु पर्दैन, जनता छ, जनता सार्वभौम सत्ता सम्पन्न छ।’
सार्वभौम सत्ता जनताले भने मन्त्रीको पदबाट एक निमेष पनि नरहेर निस्किने नैतिक तागत देखाउनुरपर्ने बताए।