बिहिवार, आश्विन २९ गते २०८३

अमेरिकाबाट फर्किए प्रधानमन्त्री ओली

सोमवार , आश्विन १४, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किएका छन् । संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ महासभामा भाग लिन असोज ४ मा न्यूयोर्क प्रस्थान गरेका ओली सवा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा पत्नी राधिका शाक्य, सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत थिए ।

ओलीको स्वागतका लागि सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेललगायत विमानस्थल पुगेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार