मंगलवार, आश्विन १३ गते २०८३

एनपीएलका लागि अक्सन सुरु, बिक्री हुने पहिलो खेलाडी बने रिजन ढकाल

आइतवार , आश्विन २०, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि खेलाडीहरुको बोलकबोल सुरु भएको छ । फास्ट बलर रिजन ढकाल बोलकबोलमा बिक्री हुने पहिलो खेलाडी बने ।

ढकाललाई चितवन राइनोजले १० लाखमा खरिद गरेको हो । उनी हाल नेपालको राष्ट्रिय टीममा समेत छन् ।

रिजनले नेपाली राष्ट्रिय टीमबाट २ एक दिवसीय र ३ टी-२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । हालसम्म उनले टी-२० अन्तर्राष्ट्रियमा ४ र एक दिवसीयमा १ विकेट लिएका छन् । ढकाल देब्रे हाते बलर हुन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार