काठमाडौं । हिमाली जिल्ला मुस्ताङ पनि पुर्ण खोप लगाउने जिल्ला बनेको छ । मुस्ताङमा १८ वर्ष माथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । मुस्ताङ १८ वर्षका सबै नागरिकलाई खोप दिने दोस्रो जिल्ला बनेको छ ।
स्वास्थ्य कार्यालय मुस्ताङका निमित्त प्रमुख टिकाराम भण्डारीका अनुसार जिल्ला भित्रका १८ वर्ष पुरा गरेका सबै नागरिकले कोभिड–१९ विरुद्धका खोप लगाएका हुन् । अहिले सम्म नौ हजार ५ सय ८ जना नागरिकले पूरा मात्रा खोप लगाइ सकेका छन् उनका अनुसार जिल्ला भित्रका लक्षित वर्ग हेर्दा स्थानीय नागरिक सबैलाई खोप लगाइ सकिएको छ कहीँ कतै न्यून मात्रामा छुटेका हुन सक्लान् ।
नलगाएकाहरू भएमा सम्पर्कमा आए सबैलार्ई लगाउने बताए । अब १८ वर्ष माथिका नागरिकहरु खोप लगाउन छुटेका छैनन् । जिल्ला खोप अनुगमन तथा समन्वय समितिको बैठकको निर्णय बमोजिम नै खोप लगाइएको र जिल्ला भित्र कुनै पनि मिसयुज नभएको भण्डारीले बताए । भेरोसेल खोप पहिलो डोज लगाएका २४२ दोश्रो डोज लगाउन बाँकी भए पनि लक्षित वर्ग सबै खोपको दायरामा आइसकेका छन् ।