बिहिवार, आश्विन २९ गते २०८३

प्रधानमन्त्री ओली भन्छन् - जीवनलाई सहज र सरल बनाउन एआईको उपयोग गर्नुपर्छ

आइतवार , कार्तिक ११, २०८१

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई सहज र सरल बनाउने काममा गराउन सरकार लागि पर्ने बताएका छन्।

युवा संघ नेपालले आज आयोजना गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स् (एआई) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ मा विज्ञसँगको संवादमा सहजकर्ताका रुपमा भूमिका निर्वाह गर्दै प्रधानमन्त्री ओलीले विकास, सकारात्मकता र सहज जीवनका लागि यसको उपयोग गर्नुपर्नेमा जोड दिएका हुन्। 

‘विकासको तीर्खाबाट हामी ग्रस्त छौं। त्यसका लागि डिजिटल नेपालको अवधारणा ल्याऔं। हामीले आर्टिफिसियल इन्टेलिजेन्स्को सकारात्मक उपयोग गर्नुपर्छ  यसको दुरुपयोगबाट हुन सक्ने दुष्प्रभाव रोक्न सचेतना र कानूनी प्रबन्धमा पनि जानुपर्छ,’ उनले भने, ‘एसइईमा धेरै विद्यार्थी अनुत्तीर्ण हुने क्रमबाट सुधार ल्याउनुछ। यस्ता क्षेत्रमा एआइको उपयोग कसरी गर्न सकिन्छ र नेपाललाई एआइ एजुकेसनको हब कसरी बनाउन भन्नेमा हाम्रो ध्यान रहेको छ।’

उनले आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी नीति र योजना ल्याउने जानकारी पनि दिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार