बिहिवार, आश्विन २९ गते २०८३

मानव तस्करी प्रकरणमा मुछिएका एमाले प्रदेशसभा सदस्यलाई काठमाडौँ ल्याइयो

आइतवार , कार्तिक २५, २०८१

काठमाडौँ । मानव तस्करी प्रकरणमा मुछिएका नेकपा एमालेका प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीलाई काठमाडौँ ल्याइएको छ ।

उनलाई यती एयरलाइन्सको जहाजमार्फत काठमाडौँ ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए । 

उनलाई आइतबार मध्याह्न बरगाछीस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । जापानमा जाँदा असम्बन्धित मान्छेलाई लिएर गएर मानव तस्करीको प्रयास गरेको उनीमाथि आरोप छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार