बिहिवार, आश्विन २९ गते २०८३

पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

आइतवार , कार्तिक २५, २०८१

काठमाडौं । काठमाडौं जिल्ला अदालतले कोशी प्रदेशका तत्कालिन मन्त्री लिलाबल्लब अधिकारीलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई काठमाडौं ल्याइएको थियो। कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री अधिकारी आज नै विराटनगरबाट पक्राउ परेका थिए।

अनुसन्धानका लागि उनलाई विमानमार्फत काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ। नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको थियो।

मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई उनी जापान गएका थिए। उनीसँगै अन्य ३ जना व्यक्ति पनि जापान गएका थिए। तर जापानको अध्यागमनले उनलाई विमानस्थलबाट फर्काइदिएको थियो।

नक्कली कागजात बनाएर अधिकारीसँगै जापान पुगेकाहरूले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार