काठमाडौँ । नागढुंगादेखि सिस्नेखोला सडकखण्ड आजबाट आंशिक रुपमा बन्द भएको छ । उक्त सडकखण्ड आगामी मंसिर ५ गतेसम्म आंशिक रुपमा बन्द हुने भएको छ ।
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार दैनिक बिहान ११ देखि दिउँसो २ बजेसम्म सडक बन्द रहने छ । धादिङतर्फ सुरुङको मुखमा स्लोप कटिङको काम गर्नुपर्ने भएकाले उक्त अवधिभर उक्त सडकखण्ड आंशिक रुपमा बन्द रहने आयोजनाले जनाएको छ ।
सुरुङ मार्ग अगाडिको सय मिटर क्षेत्रमा स्लोप कटिङको काम हुने भएकाले तोकिएको समयभरि २० मिनेट दुईतर्फी सडक बन्द रहने, फेरि २० मिनेट खोल्दै काम गरिने आयोजनाका सूचना अधिकारी एवं उपआयोना निर्देशक सन्जय पन्थीले बताए ।