बिहिवार, आश्विन २९ गते २०८३

भैरहवामा ३ दिनको बयान सकेर रविलाई पोखरा फर्काइयो

शुक्रवार , कार्तिक ३०, २०८१

रुपन्देही । रुपन्देहीमा ३ दिनको बयान सकेर रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज पोखरा लगिएको छ ।

सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट लामिछानेले ऋण लगि रकम अपचलन गरेको उनीमाथि आरोप थियो । बिहानैबाट हुस्सु लागेर मौसम खराबीका कारण भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नखुलेकाले पौने ८ बजेको उडान साढे ५ घण्टा डिले भएको थियो ।

रुपन्देहीका प्रहरी प्रवक्ता लक्ष्मी खनालले लामिछानेलाई विमानस्थल खुलेपछि पोखरा पठाइएको बताइन् ।‘हामीले सबै तयारी सकेका थियौं तर बिहानैदेखि विमानस्थल नखुलेकाले ढिलाई भयो’ उनले भनिन् । बिहीबार अन्तिम उडानमा पठाउन खोजिएपनि बयान सकिएपछि कागजपत्र मिलाउन ढिलाई भएकाले आजलाई सारिएको थियो ।

उनलाई यती एयरमार्फत पोखरा पठाइएको हो । रविलाई आज नै लैजाने पक्का भएपछि उनको सचिवालय तथा पार्टीका अन्य नेता(कार्यकर्ता पोखरा पुगिसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार