बिहिवार, आश्विन २९ गते २०८३

पूर्वसभामुुख ढुुंगानालाई राष्ट्रिय झण्डा ओढाएर सम्मान

सोमवार , मंसिर ३, २०८१

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीसहित अधिकारीहरूले पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका छन्। 

ढुुंगानालाई श्रद्धाञ्जली दिन आज उनको पार्थिव शरीर राखिएको स्थान सानो गौचरण पुगेर प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले झण्डा र पुष्पगुच्छाबाट सम्मान गरेका थिए। श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, मन्त्रीहरू, विभिन्न पार्टीका नेता कार्यकर्ता र सामाजिक क्षेत्रका व्यक्तिहरू सहभागी थिए। 

प्रधानमन्त्री ओलीले ढुङ्गाना नेपालको राजनीतिमा बेग्लै प्रभाव छोड्न सफल, अत्यन्त मिलनसार, मृदुभाषी, सरल र असल मान्छे हुनाका साथै सबैका कुरा सुन्ने व्यक्तित्व भएको बताए।  प्रधानमन्त्री ओलीले ढुुङ्गानामा मुलुकका लागि व्यवस्थित सोच पाइन्थ्यो भन्दै त्यही भएर सरकारले राष्ट्रिय सम्मानका लागि अन्तिम बिदाइको निर्णय गरेको जनाए। 

मन्त्रिपरिषद्को आज बिहानको बैठकले ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र आजका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।  ढुंगानाको आइतबार ८३ वर्षको उमेरमा निधन भएको थियो। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार