मंगलवार, आश्विन १३ गते २०८३

एनपीएलको खेल तालिका सार्वजनिक : पहिलो खेलमा जनकपुर र बिराटनगरबीच भिडन्त हुने

सोमवार , मंसिर ३, २०८१

काठमाडौँ। नेपाल प्रीमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रीकेट संघ (क्यान) ले सोमबार एनपिएलको खेल तालिका सार्वजनिक गरेको हो । 

तालिकाअनुसार  मंसिर १५ गते हुने पहिलो खेलमा जनकपुर बोल्टस र विराटनगर किंग्सबिच भिडन्त हुनेछ ।  मंसिर १६ गते उपनिर्वाचन भएकाले खेल राखिएको छैन ।  

लिगको तेस्रो दिन मंसिर १७ गतेबाट लिग चरणको अन्तिम दिन पुस १ बाहेक हरेक दिन दुई खेल हुनेछ । दुई खेल भएका दिन बिहान ९ः१५ मा पहिलो तथा दिउँसो १ः१५ मा दोस्रो खेल हुनेछ । फाइनल खेल पुस ६ गते हुनेछ । एनपीएलमा ८ फेन्चाइच टोली सहभागी छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार