बिहिवार, आश्विन २९ गते २०८३

मालढुंगा–बेनी सडक मंसिर ११ गतेसम्म दैनिक ६ घण्टा बन्द

मंगलवार , मंसिर ४, २०८१

काठमाडौँ । कालीगण्डकी बपर्वतको मालढुंगा–बेनी सडकखण्ड आजदेखि ८ दिनसम्म दैनिक ६ घण्टा बन्द हुने भएको छ । सडक कालोपत्र र स्तरोन्नतिका लागि आज  गतेदेखि मंसिर ११ गतेसम्म दैनिक ६ घण्टा बन्द हुन लागेको हो ।

पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगामा सडकको क्षेत्राधिकारमा पर्ने ढुंगा फुटाएर पन्छाउन र मालढुंगाबाट लस्तीसम्म कालोपत्र गर्न ‘प्राइमकोट’ बिछ्याउनका लागि आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सवारीसाधन आवतजावत बन्द गर्न लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयका सूचना अधिकारी विष्णु चापागाईंले बताएका छन् । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार