काठमाडौँ । पोर्चुगल युइएफए नेसन्स लिग अन्तर्गतको खेलमा क्रोसियासँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा पोर्चुगल क्रोसियासँग ११ गोलको बराबरीमा रोकिएको हो ।
पोर्चुगलका लागि खेलको ३३औ मिनेटमा जोआओ फेलिक्सले शुरुवाती गोल गरेका थिए भने क्रोसियाका लागि जोसका ग्भार्डिओलले खेलको ६५औं मिनेटमा बराबरी गोल गरेका थिए ।
यस खेलमा पोर्चुगलले क्रिस्टियानो रोनाल्डो लगायत सिनियर खेलाडीलाई खेलाएको थिएन ।