बिहिवार, आश्विन २९ गते २०८३

दुर्गा प्रसाईँ पक्राउबारे प्रहरीले खोल्यो मुख

मंगलवार , मंसिर ४, २०८१

काठमाडौँ ।  व्यवसायी दुर्गा प्रसाईँले सार्वजनिक नैतिकता र शिष्टाचारविरुद्धका गतिविधि गरेका कारण उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

मंगलबार नेपाल प्रहरीले प्रसाईँको तस्बिरसहितको सूचना जारी गरी उनीमाथि विद्युतीय कारोबारसम्बन्धी कसुर (साइबर अपराध) सम्बन्धी अनुसन्धान गरिने जानकारी पनि दिएको हो ।

‘जिल्ला झापा बिर्तामोड नपा–५ घर भई हाल भक्तपुरको मध्यपुर नगरपालिका–६, निकोशेरा बस्ने दुर्गाप्रसाद प्रसाईँले सामाजिक सञ्जाल फेसबुक एकाउन्ट र अपडेट सेरोफेरो नामक फेसबुक पेजबाट प्रधानमन्त्रीको कम्बोडियामा लगानी भन्ने समेतका सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री राखी घृणा, द्वेष फैलाउने, अपमान गर्ने किसिमको कार्य गरेको हुँदा निजलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।’, प्रहरी प्रधान कार्यालयले प्रकाशित गरेको सूचनामा लेखिएको छ ।  

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले प्रसाईंलाई मंगलबार बिहान भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो। 

प्रसाईं फौजदारी कसुरमा दुई महिनाभित्र दोस्रोपटक पक्राउ परेका हुन्। यसअघि असोज ६ गते पनि साइबर अपराधकै कसुरमा पक्राउ परेका थिए। उक्त मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। जिल्ला अदालतबाट उनी १ लाख धरौटीमा छुटेका थिए । 

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार