बिहिवार, आश्विन २९ गते २०८३

यस्तो रहनेछ आजको मौसम

बुधवार , मंसिर ५, २०८१

काठमाडौँ । देशभर पश्चिमी वायु तथा पहाडी भू भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मौसम मुख्यतया सफा रहेको छ । 

आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू भागका एक दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार