मंगलवार, आश्विन १३ गते २०८३

विश्वकप छनोटमा ब्राजिलको अर्को बराबरी

बुधवार , मंसिर ५, २०८१

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले फेरि बराबरीमा खेलेको  छ। ब्राजिलले बुधबार बिहान सकिएको खेलमा उरुग्वेसँग बराबरी खेलेको हो। ब्राजिलले अघिल्लो खेलमा भेनेजुएलासँग बराबरी खेलेको थियो।

घरेलु मैदानमा भएको खेलमा ब्राजिलले एक एक गोलको बराबरी खेल्यो। खेलमा अग्रता उरुग्वेले लियो। उसका लागि भाल्भेर्डेले ५५ मिनेटमा गोल गरे।

ब्राजिलका गेरसनले ६२ मिनेटमा बराबरी गोल फर्काए। दक्षिण अमेरिकी छनोटको अङ्कतालिकामा ब्राजिल १२ खेलबाट १८ अङ्क जोड्दै पाँचौं स्थानमा छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार