काठमाडौं । खोला तथा सडक मापदण्ड पूर्ण रुपमा खारेजीको माग गर्दै दबाब र्याली निकालिएको छ । भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायी सडक तथा खोल मापदण्ड पीडित संघर्ष समितिले र्याली निकालेको हो ।
कुपण्डोल पुलबाट कंकेश्वरि (कंग अजिमा) मन्दिर परिसर इनाटोलमा भेला भएर र्याली माइतीघर पुगेको थियो । ३ पुस २०८० मा सर्वोच्च अदालतले नदी क्षेत्र संरक्षणका लागि बागमती, विष्णुमती लगायत उपत्यकाका ठूला नदी तथा खोलाहरुमा ४० मिटर जग्गा छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको थियो ।
त्यसअघि २०६५ सालमा मन्त्रिपरिषदले बागमती, विष्णुमती लगायत ठूला नदीहरुमा २० मिटर क्षेत्र छाड्नुपर्ने निर्णय गरेको थियो । पहिले २० मिटर छाड्नुपर्ने भनिएकोमा खोलामा थप २० मिटर छाड्न सर्वोच्चले दिएको आदेश कार्यान्वयनका लागि काठमाडौं महानगरपालिकाले सूचना जारी गरेको थियो ।