काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ ।
भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेता खनालको बुधबार मृगौला प्रत्यारोपाण गरिएको स्वकीय सचिव कृष्ण भट्टराइले जानकारी दिएका छन् ।
सर्जन डाक्टर सन्दीप गुलेरियाको नेतृत्वमा रहेको टिमले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक गरेको उनको सचिवालयले जनाएको छ । स्वकीय सचिव भट्टराईका अनुसार नेता खनाल केही समय अस्पतालमै आराम गर्ने र आराम भएपश्चात स्वदेश फर्कनेछन् । स्वास्थ्यमा समस्या भएपछि उनलाई गत असार २ गते उनलाई दिल्ली लगिएको थियो।