काठमाडौं । उच्च शिक्षाको लागी संयुक्त राज्य अमेरिका पुगेका २९ वर्षिय विशाल कुमार गौतमलाई बोनम्यारो क्यान्सर भएको छ । उनि इन्जिनियरिङका विद्यार्थी हुन् । काठमाडौंस्थित टोखा-७ निवासी विशाललाई करिव २ महिना अस्पतालमा उपचारपछि Primary Myelofibrosis भनिने दुर्लभ बोनम्यारो क्यान्सर भएको पत्ता लागेको छ । जसको उपचारका लागी साढे ७ लाख अमेरिकी डलर लाग्ने अस्पतालले जनाएको छ ।
उनको अहिले Mayo Clinic Hospital Rochester, Minnesota USA मै उपचार भैरहेको छ । धेरै औषधी उपचार गरेपछी पनि रगत मा सुधार नआएकोले उनलाई तत्कालै Bone Marrow Transplant गर्नुपर्ने उपचारमा संलग्न चिकित्सकले बताएको भाइ विराट कुमार गौतमले जानकारी दिए ।
बोनम्यारो ट्रान्सप्लान्टका लागी साढे सात लाख अमेरिकी डलर लाग्ने भनिएको छ । यति ठुलो रकम जुटाउन परिवारमा मात्रै समस्या भएको भन्दै भाई विराटले दाईको उपचारमा सहयोग गरिदिन अपिल गरेका छन् । विराटले बोनम्यारो ट्रान्सप्लान्टमा सहयोग गरी आफ्ना २९ वर्षिय कलिलो दाईलाई बचाइदिन आग्रह गरे । अहिले उनको सहयोगको लागी अभियाननै चलाइएको छ । सहयोगका लागी पिडितका भाई विराटकै नाममा बैंक खाता खोलिएको छ । साथै इसेवा समेत गर्न सकिने उनले बताए ।
बैंक खाता तथा इसेवा विवरण यस्तो छ ।
Bank Name: Siddhartha Bank Limited, Dadeldhura, Account number: 03115264398, Birat Kumar Gautam
Bank Name: Himalayan Bank Limited, Maharajgunj, Account number: 00206837970013 (Birat Kumar Gautam)
Esewa account: 9851157755 (Birat Kumar Gautam) For USA, Links to GoFundMe is provided in the facebook page.