बिहिवार, आश्विन २९ गते २०८३

अस्थायी र ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षा कोषमा ल्याइन्छः प्रधानमन्त्री ओली

मंगलवार , मंसिर ११, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थायी, ज्यालादारी कर्मचारीलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याउने घोषणा गरेका छन्।

केही दिन मात्रै काम गरेको भए पनि अस्थायी र ज्यालादारी कर्मचारीहरुले पनि सामाजिक सुरक्षा पाउनुपर्ने नियम लागू हुने उनले बताए।

सातौँ साामाजिक सुरक्षा दिवसको अवसर पारेर मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले थोरै सेवा गरेकाहरुलाई पनि सोही समयको सामाजिक सुरक्षा कोषमा आवद्ध हुने प्रधानमन्त्री ओलीको भनाइ थियो।

उनले वैदेशिक रोजगारीमा गएका सबै युवाहरुलाई कोषको दायरामा ल्याउने कुरामा सरकार प्रतिबद्ध रहेको बताए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार